Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बक्यौता असुली अब नयाँ चरणमा : उर्जा मन्त्री कुलमान घिसिङ

बक्यौता असुली अब नयाँ चरणमा : उर्जा मन्त्री कुलमान घिसिङ
विज्ञापन
Advertisement

काठमाडौं । लोडसेडिङको अँध्यारोमा आम नागरिक पीडित भएका समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूबाट उठाउन बाँकी प्रिमियम महसुल असुलीको प्रक्रिया ठोस परिणामतर्फ अघि बढेको उर्जा, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बताए ।
अधिकांश उद्योगहरूले तोकिएको बक्यौतामध्ये पहिलो किस्ता भुक्तानी गरिसकेका छन्।

विज्ञापन
Advertisement
Advertisement

घिसिङले सामाजिक सञ्जालमार्फत बक्यौता असुलीको यस प्रक्रियामा लामो समयदेखि देखिँदै आएको राजनीतिक हस्तक्षेप र अवरोधका बाबजुद अहिले प्राधिकरणले कानुनसम्मत रूपमा महत्वपूर्ण प्रगति हासिल गरेको बताएका छन् । उनले लेखेका छन्, ‘राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए, तर सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण असुली अब ठोस परिणामतर्फ अग्रसर भएको छ ।’

उनका अनुसार बक्यौता रकमको किस्ता भुक्तानी सुरु गर्न देशप्रतिको दायित्वबोधका साथ अघि आएका सम्पूर्ण उद्योगीहरूलाई धन्यवाद दिएका छन्। साथै, असुली प्रक्रियामा सहयोग र समन्वय प्रदान गरेका प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र पदाधिकारीहरू लगायत सबैप्रति उनले आभार प्रकट गरेका छन्।

विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा विशेष सुविधा पाएका उद्योगहरूबाट असुल गर्नुपर्ने प्रिमियम महसुल लामो समयदेखि उठाउन नसक्दा यो विषय राजनीतिक र सार्वजनिक चासोको केन्द्रमा रहेको थियो। अहिले उद्योगहरूले किस्ता तिर्न थालेसँगै प्राधिकरणको बक्यौता असुली अभियान निर्णायक चरणमा प्रवेश गरेको उनको दाबी छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit