Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको प्रगति ५९.८९%, चार लेन सडकमा २९.६१ किमी कालोपत्र

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको प्रगति ५९.८९%, चार लेन सडकमा २९.६१ किमी कालोपत्र
विज्ञापन
Advertisement

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ। अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ %र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । कायस्थले भने, ‘२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।’

चालु आवमा १४ किमी सडक कालोपत्र भैसकेको छ। सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् भने पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म सडक छ लेनको हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit