Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडाैं आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताएका हुन् ।

‘एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । जसले गर्दा आयोजनाहरको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसको लागि लगानीको वातावरण तयार गर्नु पर्दछ । ’ उनले भने ।

यस्तैउनले नियमनकारी निकायहरुले पनि प्रभावकारी ढंगले काम नर्गदा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । ‘धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म कामहरु प्रभावित भए भने पछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन सकेन । यसमा सुधार जरुरी छ । यस्तो प्रवृतिले लगानीको वातावरणमा नै असर पर्दछ,’ अध्यक्ष ढकालले भने ।

धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीसंग आग्रह गरे ।

यस्तै उनले कम्पनीको शेयर अभौतिकीकरणमा अन्तरराष्ट्रिय धितोपत्र पहिचानमा सिंगल ९आइजिन० नम्बर राख्नु पर्ने बताए ।

यस्तै उनले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘ सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो ।

तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ उनले भने , घुसपैठ गर्नेहरुलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने छ । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने छ । ’

उहाँले सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरु हुने र व्यक्ति, व्यवसायीको मनोबल कमजोर हुँदै जाने बताए ।

उनले सरकारले आन्दोलनको क्रममा भएको क्षतिमा व्यवसायीहरुलाई प्रदान गरेको सहुलियत तथा व्यवसाय सहजिकरणका लागि पछिल्ला दिनहरुमा अर्थमन्त्रालयले गरेका कामहरु सकारात्मक र प्रभावकारी रहेको बताए । अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा समेत गरे ।

यस्तै उहाँले भूत प्रवाही कानुनहरुले उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुले समय समयमा समस्था भोगेको भन्दै यस्ता कानूहरु नल्याउन र भएका कानून कार्यान्वयनमा सहजिकरण गर्नु पर्ने बताए ।

‘लगानी प्रोत्साहन गरिएन भाषणमा मात्रै लगानी ल्याउने भनेर लगानी आउँदैन् । लगानीका लागि सहज कानून र त्यसको सहज कार्यान्यन आवश्यक छ ।’ उनले भने ।

उनले नेपालमा पूर्वाधार निर्माणमा पूँजी अभाव नहोस भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै नेपालमा भएका सम्भावनाहरुलाई उजागर गर्नु पर्ने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit