Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाटप अर्गनाइजेशन लुम्बिनी लायन्ससँगको साझेदारीमा दोस्रो नेपाल प्रिमियर लिगमा

नेपाटप अर्गनाइजेशन लुम्बिनी लायन्ससँगको साझेदारीमा दोस्रो नेपाल प्रिमियर लिगमा
विज्ञापन
Advertisement

काठमाडौं । निर्माण सामग्री उत्पादन तथा वितरण क्षेत्रमा छुट्टै पहिचान बनाएको नेपाटप अर्गनाइजेशन दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग मुख्य साझेदारका रूपमा जोडिएको छ। उक्त साझेदारीका लागि नेपाटप अर्गनाइजेशनका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले काठमाडौंमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सहमतिपछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले टोलीलाई यस सिजनमा थप हौसला मिल्ने बताएका छन्। उनले खेलकुदमा निजी तथा व्यवसायिक क्षेत्रको सहभागिता बढ्दै जानु खेल क्षेत्रका लागि सकारात्मक संकेत भएको उल्लेख गरे।

यस्तै, नेपाटप अर्गनाइजेशनका अध्यक्ष दिपक श्रेष्ठले क्रिकेट खेल पछिल्लो समय सबै पुस्तामा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै बुद्धभूमिको सन्देश बोक्ने लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गरे। उनले खेलकुद प्रवर्द्धनमार्फत समाजमा एकताको सकारात्मक सन्देश दिन तथा स्थानीय युवाको प्रतिभा उजागर गर्न नेपाटप सदैव प्रतिबद्ध रहने बताए।

क्रिकेट प्रतियोगितामार्फत खेलकुद क्षेत्रमा सक्रियता बढाएको नेपाटप अर्गनाइजेशनले वाटर ट्याङ्क, PPR पाइप तथा फिटिङ्स, UPVC र CPVC पाइप तथा फिटिङ्स, UPVC झ्याल–ढोका, HDPE पाइप, DW–सी पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल ट्याङ्कलगायतका निर्माण सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ। साथै, पानी तान्ने पम्प, ग्याँस गिजर, इलेक्ट्रिक गिजरलगायतका सामग्री पनि नेपाटपले बजारमा उपलब्ध गराउँदै आएको छ।

सहमतिपत्र हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाइजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्वा, वरिष्ठ बजार व्यवस्थापक विनोद महत तथा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा नेपाली खेलाडीसँगै अष्ट्रेलिया, अफगानिस्तान, नामिबिया र इटालीका अन्तर्राष्ट्रिय खेलाडीहरूले समेत सहभागिता जनाउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit