Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारिया रमेश टायल्सद्वारा नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा

कजारिया रमेश टायल्सद्वारा नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा
विज्ञापन
Advertisement

नवलपुर । सिरेमिक र भिट्रिफाइड टायल्स उत्पादन कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले गण्डकी प्रदेशमा आफ्नो बजार उपस्थिति थप विस्तार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।

यस शोरुमको औपचारिक उद्घाटन मंगलबार दिउँसो एक भव्य समारोहका बीच गरिएको थियो । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी के.सी. को उपस्थिति रहेको थियो । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई नयाँ शोरुमको अवलोकनका लागि स्वागत गरेका थिए ।

नयाँ शोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । यहाँ आउने ग्राहकहरूले कजारियाका उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको हाम्रो साझेदारी ठूला शहरहरूमा मात्र सीमित नभई बाहिरका समुदायहरूसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण पाटो हो । हाम्रो उद्देश्य नवलपुरका बासिन्दाहरूले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइनहरू सजिलै प्राप्त गरुन् र उहाँहरुको घर निर्माण तथा पुनःनिर्माणका योजनाहरूलाई साकार पार्न मद्दत पुगोस् भन्ने हो ।’यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग हो । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीको पोर्टफोलियोमा ३,००० भन्दा बढी डिजाइन विकल्पहरू रहेका छन्, जसमा विभिन्न साइजका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायलहरू उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit