Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माविलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माविलाई कुलर हस्तान्तरण
विज्ञापन
Advertisement

बुटवल । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयलाई तीन थान कुलर सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत उक्त कुलरहरू हस्तान्तरण गरेको हो। एक कार्यक्रमका बीच बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबुआचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ती कुलरहरू हस्तान्तरण गरेको बैंकले जनाएको छ।

कुलर जडान भएपछि कक्षाकोठाको तापक्रम घट्ने र विद्यार्थीहरूले सहज एवं अनुकूल वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा विद्यालयका प्रधानाध्यापक भट्टराईले व्यक्त गरे । त्यस्तै, बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले यस किसिमको सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप सहज र उत्प्रेरित बनाउने धारणा राखे ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा साक्षरतामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit