Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

मन्त्रीको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी हटाउन सुरु

मन्त्रीको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी हटाउन सुरु
विज्ञापन
Advertisement

काठमाडौं । बागमती नदी किनाराको गुह्यश्वरी–गोकर्णेश्वर मन्दिर खण्डमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ। ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ। सवारी हटाउन सुरु गरिएसँगै ढल मर्मत पनि सुरु भएको हो । गुह्यश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदीमा थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ ।

यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit