Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

मन्त्रीको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी हटाउन सुरु

मन्त्रीको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी हटाउन सुरु
विज्ञापन
Advertisement

काठमाडौं । बागमती नदी किनाराको गुह्यश्वरी–गोकर्णेश्वर मन्दिर खण्डमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ। ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ। सवारी हटाउन सुरु गरिएसँगै ढल मर्मत पनि सुरु भएको हो । गुह्यश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदीमा थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ ।

यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit