Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ऊर्जा मन्त्रालयमा डेढ महिनामै जनताको १० हजार बढी गुनासो, कसरी सम्बोधन हुँदै छन् समस्या ?

ऊर्जा मन्त्रालयमा डेढ महिनामै जनताको १० हजार बढी गुनासो, कसरी सम्बोधन हुँदै छन् समस्या ?
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० हजार बढी गुनासो प्राप्त भएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास थालनी गर्दै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैली अपनाएसँगै चैत १५ यता मात्र मन्त्रालयमा १० हजार ३०० भन्दा बढी जनगुनासोहरु आएको मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जानाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री विराज श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ। २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको छ।

त्यसबाहेक फोन, ह्वाट्स एप, इमेल र हेलो सरकारबाट पनि गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ । प्राप्त गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने गरी सचिवालय नै परिचालन गरिएको छ। मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयं जनसरोकारका विषय सम्बोधन गर्न फिल्ड र समन्वयमा खटिँदै आएका छन्।

मन्त्रालयका अनुसार चैत १५ गते यता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । चैत १५ गते चैत ३० गतेसम्मको अवधिमा फोनमार्फत ४ हजार २४८, ह्वाट्स एपबाट १४, इमेलबाट २ तथा हेलो सरकारमार्फत ५ वटा गुनासो आएका थिए । त्यसपछि वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्स एपबाट ९२ र इमेलबाट १० वटा उजुरी दर्ता भएका छन्।

यसबाहेक लिखित रूपमा आएका दुई सयभन्दा बढी निवेदन तथा सञ्चार माध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको जनाएको छ । प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित छन् । विशेषगरी विद्युतीय दुर्घटना, विद्युत् लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, विद्युत् प्रसारण तथा वितरण लाइन तत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थान्तरण गर्नुपर्ने, तारमा आगलागी हुने, मिटर नपाउने, पोल नपाउने, मिटर रिडिङमा समस्या, ईभी चार्जिङमा समस्या, सिँचाइमा समस्यालगायत विभिन्न सेवा प्रवाहमा हुने ढिलासुस्तीका विषयमा धेरै उजुरी परेको मन्त्रालयले जनाएको छ।

गुनासोका आधारमा बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनामा मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुननिर्माणमा प्राथमिकतामा दिँदै छानबिनसमेत अघि बढाइसकेको छ । त्यसैगरी चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको, काठमाडौंको स्वयम्भु क्षेत्रमा वर्षौंदेखि सडकको बीच भागमा ठडिएका पोल स्थानान्तरणको विषय पनि समाधान भैसकेको मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयले पछिल्लो समय अवलम्बन गरेको यो कार्यशैलीले नागरिकले सेवा पाउन महिनौँ कुर्नुपर्ने पुरानो परिपाटीलाई चिर्दै सार्वजनिक सेवामा जनभरोसा बढाउने अपेक्षा मन्त्रालयको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit