Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सिमरामा ८ बजेसम्म पुनः लाग्यो कर्फ्यु

सिमरामा ८ बजेसम्म पुनः  लाग्यो कर्फ्यु
विज्ञापन
Advertisement

काठमाडौं । बाराको सिमरामा आज पनि कर्फ्यु आदेश जारी भएको छ । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा प्रर्दशनमा आज पनि युवाहरु उत्रिएपछि परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार दिउँसो पनि १ देखि बेलुका ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन् ।

बुधबार एमालेका कार्यकर्ता र जेनजीबीच झडप भएपछि सिमरा अशान्त बनेको छ। प्रशासनले त्यहाँको स्थितिथप असामान्य बन्न नदिन कर्फ्यु आदेश जारी गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit