Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बजारबाट ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

बजारबाट ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकहरुबाट कर्जा लगानी हुन नसक्दा तरलता थुप्रिएर बसेको छ । सोहि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज अर्थात् मंसिर ७ गते ८६ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसका लागी बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । यस निक्षेपको आज २ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुनेछ । यसका लागी बैंक वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit