Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

चुच्चे नक्सासहितको १०० रुपैयाँ दरका नयाँ नोट आजदेखि बजारमा आउँदै

चुच्चे नक्सासहितको १०० रुपैयाँ दरका नयाँ नोट आजदेखि बजारमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा सहितको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकले आजदेखि १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी सूचनामार्फत दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित उक्त नोट आजदेखि चलनचल्तीमा ल्याइएको हो ।

नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा छ । नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् । यसअघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषद्को निर्यणले २०८१ वैशाख २० गते १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेको थियो। आजदेखि प्रचलनमा ल्याइएको नेपालको चुच्चे नक्सा सहितको १०० दरका नोट चीनमा छापिएको हो।

२ मि.मी चौडाई भएको नयाँ नोट रंग परिवर्तन हुने (नोट सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको छ। यस्तै, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं.२०८१“ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष असोजमै चुच्चे नक्सासहितको नोट प्रचलनमा ल्याउने तयारी गरे पनि त्यतिबेला रोकेर आजदेखि नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit