Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपालले बंगालेशमा ६० मेगावटा जलविद्युत निर्यात गर्ने

नेपालले बंगालेशमा ६० मेगावटा जलविद्युत निर्यात गर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालले बंगालादेशले ६० मेगावाट जलविद्युत निर्यात गर्ने भएको छ । बिहीबार भएको नेपाल बंगालादेश ऊर्जा सचिवस्तरीय बैठकबीच यस्तो सहमती भएको हो । यस अघि ४० मेगावाट विद्युत बंगालादेशले नेपालबाट आयात गर्दै आइरहेको थियो। अब थप २० मेगावाट थप विद्युत आवश्यक प्रक्रिया पूरागरी आयात गर्ने सहमति भएको उर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो सँगै अन्य ५ वटा सहमति भएको छ । सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी अघि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र आवश्यक प्रक्रिया छिटो टुंग्याउने, नेपालबाट भारतीय ग्रिड भएर बंगलादेशका बरापुकारया, पंचगढ़–ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रसारण लाइनमार्फत विद्युत निर्यातका सम्भावनाहरू अध्ययन गर्ने, नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रवद्र्धनका लागि तयारी भइरहेको समझदारीपत्रमा छिटो हस्ताक्षर गर्ने दुवै देश सहमत भएका छन्। सम्झौता अनुसार बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने, दुवै देशका प्राविधिक तथा सरकारी कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने, नेपाल–भारत–बंगलादेशबीच त्रिदेशीय ऊर्जा सहयोगसम्बन्धी समझदारीमा भारतको सहमतिलाई सहज बनाउन दुवै देशले संयुक्त पहल गर्ने भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit