Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोलिदेखि सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्ने, विजेतालाई यस्ता छन् आकर्षक पुरस्कार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोलिदेखि सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्ने, विजेतालाई यस्ता छन् आकर्षक पुरस्कार
विज्ञापन
Advertisement

 काठमाडाैं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोलिदेखि सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हरेक वर्ष झै यसवर्ष पनि कम्पनीले दुई दिन शुक्रबार र शनिबार टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिने छ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराईने छ ।

खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको कम्पनीको भनाई छ ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस प्रतियगितामा खेलाईने १७ बिधाका खेलहरु मध्ये होल इन वान बिधाको पुरस्कार अन्तर्गत सिप्रद्धि ट्रेडिङ प्रा.लि लिमिटेडद्धारा टाटा नेक्सन के३ ईभी पुरस्कारको व्यवस्था गरिएको छ । साथै, अन्य बिधाका खेलहरुमा सिम्रिक एअर द्वारा २ जनालाई स्काई डाईभ त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।

यसै अवसरमा सलिको ले निर्जीवन बीमाको महत्त्वमा पनि प्रकाश पार्दै, विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा रहेको उल्लेख गरेको छ। जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको गल्फ जस्ता खेलकुद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जनाएको छ ।

सलिको ले वर्षौंदेखि खेल क्षेत्र, समुदाय तथा आर्थिक–सामाजिक सुरक्षामा केन्द्रित रहँदै, बीमास् सुरक्षित भविष्यको आधारू भन्ने नारा सहित नेपाली बीमा क्षेत्रमा आफ्नो भूमिकालाई अझ सुदृढ बनाउँदै आएको छ। गल्फ प्रतियोगिताजस्तै गतिविधिहरू मार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलकुद मैत्री वातावरण निर्माणमा निरन्तर योगदान दिंदै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit