Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दोहोरो अंकले बढ्यो नेप्से,६ अर्ब माथिको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से,६ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.४३ अंकले बढेर २ हजार ६७६.०३ विन्दुमा आइपुगेको छ । यो दिन ३३ कम्पनीले १ करोड ४६ लाख कित्ता शेयर किनबेचगर्दा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर,न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, सिइडीबी होल्डिङ, युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको १४ करोड ५० लाख रुपैयाँदेखि ४० करोड १७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटिच इण्डष्ट्रीज, एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्टको शेयर मूल्य ९.६२ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

त्यस्तै, हिमस्टार उर्जा कम्पनी, फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त, जोशी हाइड्रो कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतदेखि ७.७८ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बाणिज्य समूहको सूचक१.४९ प्रतिशतले बढ्दा, विकास बैंक, होटल समूह, जलविद्युत, लगानीगत समूह, लाइफ इन्स्योरेन्स, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूहको सूचक सामान्यले बढेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit