काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई शेयर धितो कर्जा लिन सहज बनाउने उद्देश्यले अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ।
नयाँ सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले आफूसँग भएको सेयर धितो राखेर आवश्यक कर्जा लिन सक्नेछन्। यस सुविधाअन्तर्गत धितोमा राखिने शेयरको मूल्यांकनका आधारमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।
बैंकको मोबाइल बैंकिङ एप ‘सिद्धार्थ स्मार्ट एक्स’ मार्फत ग्राहकले सेयर धितो कर्जाका लागि सहजै अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसबाट कर्जा आवेदन प्रक्रियालाई सरल, छिटो र सहज बनाउनुका साथै ग्राहकको समय बचत हुने बैंकको विश्वास छ।
बैंकले यो सुविधाबाट ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने जनाएको छ। अनलाइन आवेदन प्रक्रियाले कर्जा सेवामा डिजिटल पहुँच विस्तार गर्नुका साथै बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा सिद्धार्थ बैंकका सबै शाखामार्फत उपलब्ध रहेको बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्