Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

बंगालको खाडीमा अति शक्तिशाली बन्दै चक्रवात ‘अनर्ब’ नेपालमा भारी वर्षा र हिमपातको जोखिम

बंगालको खाडीमा अति शक्तिशाली बन्दै चक्रवात ‘अनर्ब’ नेपालमा भारी वर्षा र हिमपातको जोखिम
विज्ञापन
Advertisement

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवात थप शक्तिशाली बन्ने क्रममा रहेकाले नेपालका विभिन्न जिल्लामा यसको यसको प्रभाव पर्ने सम्भावना देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात शक्तिशाली हुँदै अति शक्तिशाली चक्रवातमा विकसित हुन सक्ने र त्यसको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ। महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कार्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट अति शक्तिशाली चक्रवातका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ।

यसको प्रभाव नेपालमा कार्तिक १२ गते बिहीबारदेखि देखिन थाल्ने र विशेषगरी शुक्रबार तथा शनिबार बढी प्रभाव पर्ने अनुमान गरिएको छ। उक्त अवधिमा देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैले विभिन्न १२ जिल्लामा रेड अलर्ट जारी गरिएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ।

वर्षाका कारण कृषि उपजमा क्षति पुग्न सक्ने भएकाले आवश्यक तयारी गर्न किसानलाई सुझाव दिइएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ। त्यसैले पर्यटकलाई उक्त अवधिमा उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र दैनिक जनजीवनमा असर पर्न सक्ने सम्भावना पनि औँल्याइएको छ। सडक छेउछाउका जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन तथा सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ।

यसैगरी, वर्षासँगै तापक्रममा परिवर्तन भई चिसो बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसम प्रणालीको विकासक्रमअनुसार थप सूचना तथा चेतावनी जारी गरिने भएकाले सर्वसाधारणलाई विभागबाट जारी हुने आधिकारिक मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit