Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, चाँदी केही सस्तियो

सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, चाँदी केही सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला आठ सय रूपैयाँले वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबार दिन (सोमबार) सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रूपैयाँमा खरिदबिक्री भएको चाँदी मंगलबार प्रतितोला २५ रूपैयाँ घटेर तीन हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit