Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बझाङमा ४.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस

बझाङमा ४.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस
विज्ञापन
Advertisement

बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको बाजुरामा पनि धक्का महसुस भएको छ। पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ। विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit