Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

गाभीबाट सन् २०३० सम्म नेपालले पाउने भयो ८ अर्ब ५९ करोडको खोप सहायता

गाभीबाट सन् २०३० सम्म नेपालले पाउने भयो ८ अर्ब ५९ करोडको खोप सहायता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल र गाभीसँगको संवादपछि उक्त सहायता सुनिश्चित भएको मन्त्रालयले जनाएको छ। यससँगै गाभीले उपलब्ध गराएको खोप सहायताको लेखापरीक्षणका क्रममा नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा भएको छ। आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै उक्त रकम फिर्ता गर्नुपर्ने देखाइएको थियो।

मन्त्री मेहताले गाभीसँग संवादमार्फत सहायता रकमसम्बन्धी विषयमा सहजीकरण गरी फिर्ता गर्नुपर्ने भनिएको रकम समेत मिनाहा गराउन सफलता मिलेको मन्त्रालयको तर्क छ। यसबाट नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्वपूर्ण रहँदै आएको छ।

विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र ३ लाख ८ हजार बढी अमेरिकी डलर मिनाहा हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको मन्त्रालयले जनाएको छ। यसले नियमित खोप सेवाको निरन्तरता कायम राख्न र राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit