Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मौद्रिक नीतिको समीक्षाले छोएन शेयर बजारलाई, घट्यो कारोबार

मौद्रिक नीतिको समीक्षाले छोएन शेयर बजारलाई, घट्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । शेयर बजारको कारोबार सुरु हुनु अगावै सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो समीक्षाले शेयर बजारलाई कुनै प्रभावकारी असर देखाउन सकेन ।

विज्ञापन
Advertisement
Advertisement

साताको सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा आइपुगेको छ । मौद्रिक नीतिले यसपटक शेयर बजारलाई नै लक्षित नगररे नीति परिवर्तन नगरेता पनि अर्थतन्त्रलाई चलायमान बनाउनेगरी नीति परिवर्तन गरेको छ ।

मौद्रिक नीति समीक्षाले ब्याजदर कोरिडोर अन्तर्गतको नीतिगत दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ब्याजदर थप घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई स्पेस दिएको छ। मौद्रिक समीक्षा मार्फत ब्याजदर घटेकाले बैंकहरुले मंसिर महिनामा ब्याजदर पुनरावलोकन गर्नसक्ने भएका छन्।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै बैंकहरुले मंसिर महिनामा नै २ पटकसम्म ब्याजदर परिवर्तन गर्नसक्ने सुविधा पाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुलाई थप ब्याजदर घटाएर कर्जा लगानी बढाउने सन्देश राष्ट्र बैंकले मौद्रिक समीक्षा मार्फत दिएको छ।

अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले पछिल्लो समय कर्जा लगानी विस्तार भइरहेको छैनन्। यसैबीच राष्ट्र बैंकले मूल्य थप घटाएर भएपनि लगानी बढाउन बैंकलाई सन्देश दिएको छ।

कर्जा प्रवाह बढाउनका लागि राष्ट्र बैंक ओभरड्रफ्ट कर्जामा चलक भएको छ। व्यक्तिगत ओभर ड्राफट यसअघिको सीमा ५० लाखलाई बढाएर १ करोड पुर्याएको छ। यस्तै लघुवित्त वित्तीय संस्थाबाट लिन पाउने कर्जाको ७ लाखबाट बढाएर १५ लाख पुर्याएको छ। ओभर ड्राफ्ड कर्जाको सीमा बढाएकाले बैंक तथा वित्तीय संस्थाको लगानी सेयर बजारतर्फ समेत जाने आँकलन गर्न सकिने सम्भावना छ ।

यस्ता खालका नीतिले लगानीकर्ताको मनोबल बढ्ने र बजार बढ्ने अपेक्षा गरिएको थियो तर, बजारमा तिब्रा उत्तार चढाबका बीच सामान्य अंकले घट्न पुगेको छ ।

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२५ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको थियो ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा युनाईटेड मोदी हाइड्रो हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबलकार एण्ड टुरिजम,नेपाल रिइन्स्योरेन्स कमपनीको शेयर मूल्य १३ करोड ५४ लाख रुपैयाँदेखि २७ करोड १० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बैंकिङ समूह, होटल तथा पर्यटन समूह, लगानीगत समूह, जीवन बीमा समूह, निर्जिवन बीमा समूह, म्यूचुअल फण्ड समूहको सूचक सामान्य अंकले घटेका छन् ।
सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, श्रीनगर एग्री टिच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन निफ्रा ग्रीन इनर्जीको ऋणपत्र, बोल्टर नेपाल ( बालाजु), एनआरएन इन्फाष्ट्रचरको शेयर मूल्य ३ प्रतिशतदेखि ९.५१ प्रतिशतसम्मले घटेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit