Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

‘सुदूरपश्चिम र कर्णालीमा पर्यटन विकासको मुख्य बाधक हवाई कनेक्टिभिटी बनेको छ ’

‘सुदूरपश्चिम र कर्णालीमा पर्यटन विकासको मुख्य बाधक हवाई कनेक्टिभिटी बनेको छ ’
विज्ञापन
Advertisement

धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य तथा बद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवा पर्यटन विकासको बाधक भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

धनगढीमा आज आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया उनले सुदूरपश्चिम र कर्णाली दुवै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण सबैठाउँमा सडक पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै हवाई उडान पूर्वाधार बढाउनुपर्नेमा जोड दिए । दुई प्रदेशका लागि हवाई पूर्वाधार नै उपयुक्त यातायाताको साधन बन्ने उल्लेख गर्दै उनले प्रदेशगत दुर्गम हवाई सेवा लागू गर्न आवश्यक भएको बताए ।

हवाई सेवा विस्तार कम हुनु तथा प्रदेशको भौगोलिक विकटताका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटनको ठूलो सम्भावना हुँदा हुँदै पनि पर्यटन क्षेत्रको विकास हुन नसकेको बस्नेतको भनाइ छ । ‘सुदूरपश्चिममा पर्यटनको लागि सबैभन्दा ठूलो तगारो यातायातको र दुर्गम क्षेत्र हुनाले हवाई कनेक्शन कम हुनु हो । हवाई कनेक्शन सुदूरपश्चिममा मात्रै होइन कर्णाली प्रदेशमा पनि त्यति नै ठूलो समस्या छ । त्यसकारण यो दुईवटै प्रदेशको सन्र्दभमा हामीले प्रादेशिक दुर्गम सेवा हवाई सेवा लागू गर्नुपर्छ भनेर पहल गरिरहेका पनि छौं ।’

यस्तै उनले नेपाल एयरलाइन्सका केही जहाज थन्किएर बसेको भन्दै दुई प्रदेशमा नियमित हवाई सेवा सञ्चालन गर्नुपर्ने धारणा राखे । ‘नेपाल एयरलाइन्सका चारवटा जहाज थन्किएर बसेका छन्, ती जहाजलाई परिचालन गरेर दुर्गम प्रदेशमा नियमित सेवा विस्तार गर्न सकिन्छ,’ बस्नेतले भने । यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलन शाषकीय नेतृत्वको कारण उत्पन्न असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै अबको राजनीति सेवा भावनासहित एजेण्डामा आधारित भएर अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘नेपालको इतिहासको विभिन्न कालखण्डमा जब जनताको अपेक्षा अनुसार काम भएका छैनन् त्यसछि पद्धति नै परिवर्तन भएका छन् । त्यो प्रस्थानविन्दु जति–जति नयाँ मान्छे आउँछ त्यति नै नयाँ विरोध गरेका नेतृत्वले शासन पद्धति सञ्चालन गर्छन् । त्यहि किसिमको पेसागत राजनीति हुन्छ । त्यसकारण गत भदौंको २३,२४ को आन्दोलन पनि त्यही कारण भएको हो । अब त्यसलाई सुधार्न हामीले अब सेवाको भावनाले एजेण्डावेश कार्यक्रमहरु अगाडि बढ्नुपर्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit