Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने कार्य सुरु
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यले १० वटा वडाबाट वर्गीकृत फोहर व्यवस्थापन सुरु गरेको छ। महानगरले सुक्खा फोहर छुट्याएर मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मार्फत व्यवस्थापन गर्न थालेपछि ल्यान्डफिलमा पुग्ने फोहरको मात्रा घट्न थालेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

हाल वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा वर्गीकृत फोहर व्यवस्थापन सुरु गरिएको छ। वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार क्षेत्र नम्बर ७ बाट दैनिक रूपमा वर्गीकरण गरिएको सुक्खा फोहरको व्यवस्थापन सुरु गरिएको हो।

राईका अनुसार स्रोतमै फोहर वर्गीकरण गरी पुनःप्रयोगयोग्य सामग्री छुट्याउँदा अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजानुपर्ने फोहरको मात्रा घट्ने भएकाले महानगरले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

महानगरले घरेलु फोहर व्यवस्थापनलाई वैज्ञानिक बनाउन ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेको छ। प्रत्येक क्षेत्रमा फोहर स्थानान्तरण केन्द्र स्थापना गरी मटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

फोहरको मात्रा न्यूनीकरण, पुनःप्रयोग, पुनर्चक्रीय प्रयोग र व्यवस्थित विसर्जनलाई प्रभावकारी बनाउन महानगरले फोहरमैला सङ्कलन तथा ढुवानीसम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। कार्यविधिअनुसार सार्वजनिक–निजी साझेदारी वा निजी क्षेत्रमार्फत फोहर सङ्कलन तथा ढुवानी गर्ने व्यवस्था गरिएको छ।

महानगरका अनुसार फोहर वर्गीकरण सुरु भएपछि बञ्चरेडाँडामा दैनिक लैजाने फोहर २० ट्रकबाट घटेर १५ ट्रकमा झरेको छ। महानगरले यसबाट ल्यान्डफिल साइटको आयु बढ्ने र दीर्घकालीन रूपमा फोहर व्यवस्थापन थप प्रभावकारी हुने विश्वास लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit