images images images
images images images
images
images
images

‘ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान हुँदैन ’

images

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । १८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट निकालिएको बाजा तथा झाँकी सहितको प्रभातफेरि थापाथली, माइतीघरमण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा समापन भएको थियो ।

प्रभातफेरीको उद्घाटन गर्दै शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने धारणा बताए । वर्षौको मिहेनतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई नै पर्नेतर्फ सिक्देलले सचेत गराउँदै निर्माण व्यवसायीहरूलाई व्यवसायिक रुपमा प्रस्तुत हुन समेत सुझाव दिए । ऐन कानूनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै सचिव सिग्देलले ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएको गुनासो पनि व्यक्त गरे ।

images
images

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए । । पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठीन मोडमा पुगेको अध्यक्ष सिंहको भनाइ थियो। सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेका अव्यवहारिक प्रावधानका कारण नै रुग्ण ठेक्काहरूको समस्या जटिल बनेको अध्यक्ष सिंहले बताए ।

निर्माण उद्योगमैत्री ऐन कानूनका लागि महासंघले लामो समयअघि देखि खबरदारी गर्दै आएता पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको अध्यक्ष सिंहको भनाइ छ । महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको धारणा राखे ।

१८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा आज महासंघ सचिवालयमा एभरेष्ट अस्पतालको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई महासंघका अध्यक्ष रवि सिंह सहितका पदाधिकारीहरूले प्रमाणपत्र वितरण गरे । महासंघकै प्रायोजनमा आज तिनकुनेस्थित निः सहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको छ । साथ, देभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

१८ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा मंगलबार महासंघ तथा नेपाल पूर्वाधार पत्रकार समाजको संयुक्त आयोजनामा सरोकारवालाहरूको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्