वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ। यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असहमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् ।
मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प बन्यो । दैनिक १७ करोड रुपैयाँ बराबरको कारोबार हुने यस कार्यालयमा मंगलबार आम्दानी शून्यमा झरेको थियो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२ बाट सिर्जित समस्या समाधान चाँडो हुनुपर्नेमा जोड दिए ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको बताए ।
भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच बुधबार फेरि वार्ता हुने बताइएको छ । मंगलबार भन्सार ‘एजेन्ट’हरुको ‘पेन डाउन’ का कारण सिर्जित समस्या समाधान गर्न दुई पक्षबीच छलफल भएको थियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र महासंका प्रतिनिधिहरूबीच मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगिएपछि आज पुःन छलफल हुँदै छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्