Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्णालीमा बीमाको पहुँच विस्तारका सम्बन्धमा एनएलजी इन्स्योरेन्स र प्रदेश प्रमुखबीच छलफल

कर्णालीमा बीमाको पहुँच विस्तारका सम्बन्धमा एनएलजी इन्स्योरेन्स र प्रदेश प्रमुखबीच छलफल
विज्ञापन
Advertisement

 काठमाडाैं । कर्णाली प्रदेशमा बीमाको दायरा विस्तार र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामीछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तबीच शुक्रबार एक महत्वपूर्ण छलफल सम्पन्न भयो।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा कर्णालीका दुर्गम तथा ग्रामीण बस्तीसम्म बीमा सेवा सहज रूपमा पु(याउने, प्रदेशभर बीमा साक्षरता अभिवृद्धि गर्ने, स्थानीय तहहरूसँग समन्वय बढाएर सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा विस्तृत छलफल भयो। साथै प्रदेशका विभिन्न जोखिमहरूको पहिचान गरी मागअनुसार उपयुक्त बीमा योजना विकास गर्ने सम्भावनाबारे पनि दुवै पक्षले विचार विमर्श गरे।

हाल एनएलजी इन्स्योरेन्सले कर्णाली प्रदेशमा १ प्रादेशिक कार्यालय र ५ उपशाखासहित कुल ६ कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ। बैठकमा यी कार्यालयहरूको सेवा क्षमता थप विस्तार गर्ने, सेवा गुणस्तर सुधार गर्न उपाय खोज्ने तथा डिजिटल प्रविधिमार्फत सेवा वितरणलाई सहज बनाउने विषयमा पनि कुराकानी गरियो।

छलफलपछि दुवै संस्थाका प्रतिनिधिहरूले कर्णाली प्रदेशमा बीमा सेवा व्यवस्थित, द्रुत र ग्राहकमैत्री बनाउने उद्देश्यले आपसी सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे। यस सहकार्यबाट निकट भविष्यमा कर्णालीमा बीमाको पहुँच र दायरा उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit