काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउन हेतु रमेश गुप्ता मेमोरियल ट्रस्टले भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियु बेड उपलब्ध गराएको छ।
बाल क्यान्सर उपचार सेवालाई उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियु बेड उपलब्ध गराएको हो । उक्त सहयोगले क्यान्सरको उपचार गराइहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्ने विस्वास ट्रस्टको छ ।
यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउने तथा आइसियु क्षमतालाई १५ बेडसम्म पुर्याउने उद्देश्य राखेको छ।

‘यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो। यसका साथै, हाम्रो विश्वव्यापी साझेदार विश्व बाल क्यान्सरसँगको सहकार्यमा हामी नेपालका सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै आएका छौँ। । यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ’ रमेश गुप्ता मेमोरियल ट्रस्टले भनेको छ ।
ट्रस्टले बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न स्वास्थ्यकर्मीलाई तालिम देखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदान गर्दै आइरहेको छ । ट्रस्टका अनुसार, नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ। यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धतालाई देखाएको छ ।

















प्रतिक्रिया दिनुहोस्