काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनलले एसियाकै सबैभन्दा ठूलो र विश्वसनिय ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित क्यामेल ग्रुपसँग सहकार्यको गर्ने घोषणा गरेको छ ।
घोषणासँगै कम्पनीले अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसनको क्षेत्रमा नेपाली बजारमा विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका जनाएको छ । सत्यदिप इन्टरनेसनलले क्यामेल ग्रुपसँग सहकार्यको घोषणा गरेसँगै कम्पनीद्वारा उत्पादित ‘क्यामेल’ ब्रान्डका उत्पादन नेपाली बजारमा उपलब्ध गराउने जानकारी दिएको छ ।
क्यामेल ब्रान्डका दुईपांग्रे, तीनपांग्रे र ई–रिक्साका लागि उपयोगी लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछन् । यी ब्याट्री दुईपांग्रे इलेक्ट्रिक मोटरसाइकल वा स्कुटर, तीनपांग्रे अटोरिक्सा, प्यासेन्जर ई–रिक्सा र कार्गो वा डेलिभरी भेइकलको रुपमा परिचित लोडरहरुमा प्रयोग गर्न सकिने छ । यी ब्याट्री दीर्घकालीन रुपमा टिकाउ हुनाका साथै एड्भान्स्ड बीएमएस सहित बढी सुरक्षित रहेको कम्पनीको दाबी छ । नेपालको हावापानी अनुसार यी ब्याट्रीको पर्फमेन्स निकै राम्रो हुने कम्पनीको भनाइ छ ।

यस्तै, होम युपीएस र इन्भर्टर सिस्टमका लागि उपयोगी लिथियम आयोन ब्याट्री पनि नेपाली बजारमा उपलब्ध हुनेछन् । यी ब्याट्री रेसिडेन्सियल युपीएस, होम इन्भर्टर र सोलार हाइब्रिड सिस्टमका लागि डिजाइन गरिएका छन् । यी ब्याट्री लिड एसिड ब्याट्री भन्दा पाँच गुणा टिकाउ हुन्छन् भने छिटो चार्ज हुने, उच्च प्रयोग क्षमताका साथै कम्प्याक्ट र मेन्टिनेन्स–फ्रि रहनेछन् । यी बाहेक कम्पनीले कमर्सियल र इन्डष्ट्रियल स्टोरेजका लागि समेत उपयोगी कम्प्लिट सोलुसन विकास गरिरहेको जानकारी दिएको छ । यी ब्याट्री साना वा ठुला उद्योग देखि सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टर तथा क्रिटिकल ब्याकअपमा समेत प्रयोग गर्न सकिन्छ ।
क्यामेल ग्रुप कम्पनी लिमिटेड सन् १९८० मा स्थापना भएको हो र यो हाल एसियाकै सबैभन्दा ठूलो र अग्रणी अटोमोटिभ ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित छ । ४० वर्ष भन्दा लामो समयको उत्पादन अनुभवका साथ क्यामेलले विश्व स्तरको गुणस्तर, प्रविधि र उत्पादन सक्षमता सुनिश्चित गर्दै आएको छ ।
साथै, लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश पश्चात सत्यदिप इन्टरनेसनलले सफा मोबिलिटी, नवीकरणीय उर्जा प्रयोग, दिगो पावर भण्डारण र आधुनिक इन्डष्ट्रियल ब्याकअप सिस्टममा योगदान गर्ने लक्ष्य राखेको बताएको छ । ग्राहक, व्यवसायी र देशभरका उद्योगहरुमा उच्च गुणस्तरीय, भरपर्दो र सबैका लागि उपयुक्त लिथियम आयोन समाधान गर्ने कार्यमा सदैव प्रतिबद्ध भएको समेत सत्यदिप इन्टरनेसनलको भनाइ छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्