Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो’ आयोजना हुँदै

फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो’ आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पत्रकार सम्मेलन गर्दै अलायन्सले आगामी २०२६ जनवरी २ र ३ (पौष १८ र १९) गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन एक्स्पो आयोजना गर्ने घोषणा गरेको होे । ‘टेक इनोभेटरलाई भेट्न बैंक र वित्तीय संस्थाहरूको लागि साझा प्लेटफर्म’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त एक्स्पो नेपालमा पहिलो पटक पूर्ण रूपमा फिनटेक–केन्द्रित हुने आयोजकको भनाइ छ ।

डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता ब्लकचेन र उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि ल्याउनु एक्स्पोको मुख्य उद्देश्य रहेको छ । दुई दिनसम्म चल्ने एक्स्पोमा ४,००० भन्दा बढी सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। सहभागीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानी तथा पुँजी बजारका प्रतिनिधि, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ निकाय, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ता रहनेछन् ।

एक्स्पोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस र उद्योग–केन्द्रित ज्ञान–सत्रहरूको व्यवस्था गरिएको आयोजकाले जनाएको छ । टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’ आधारमा निःशुल्क टेबल उपलब्ध गराइनेछ, जसले स्थानीय प्रतिभा तथा इनोभेटरलाई आफ्नो प्रविधिमूलक काम प्रदर्शन गर्ने अवसर दिनेछ ।

कार्यक्रममार्फत डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ । यसले उद्योगका प्रमुख नेतृत्व, इनोभेटर, नीति निर्माता तथा सेवा प्रदायकबीच सहकार्य बढाउने फिनटेक अलायन्स नेपालको भनाइ छ ।

प्रवेश टिकट प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थीका लागि भने ५० रुपैयाँ तोकिएको । फिनटेक उद्योगलाई एकीकृत गर्दै घरेलु प्रविधि र सेवालाई प्रोत्साहन गर्ने, बैंकिङ–टेक साझेदारी सुदृढ बनाउने तथा नेपालको डिजिटल अर्थतन्त्रलाई दिगो रूपमा विस्तार गर्ने उद्देश्य यस एक्स्पोको मूल प्रेरणा रहेको आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit