Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मन्जुश्री फाइनान्सको निक्षेप संकलन २३ अर्ब, १९.२ अर्ब रुपैयाँ कर्जा परिचालन

मन्जुश्री फाइनान्सको निक्षेप संकलन २३ अर्ब, १९.२ अर्ब रुपैयाँ कर्जा परिचालन
विज्ञापन
Advertisement

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीले करिब १९.२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ । फाइनान्सले आफ्नो सहयात्राको अठारौं वर्ष सफलतापुर्वक पार गरेको अवसरमा ग्राहक, शुभेच्छुक, शेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै हालसम्मको वित्तीय विवरणबारे जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरेको मन्जुश्री फाइनान्सले करिब १९.२ अर्ब कर्जा परिचालन गरेको जनाएको छ । साथै, मन्जुश्रीले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह समेत गर्दै आइरहेको उल्लेख गरेको छ ।

२७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको फाइनान्सका १ लाख ५५ हजार भन्दा बढी ग्राहक संख्या रहेका छन् ।

फाइनान्सका अनुसार ग्राहकहरुको अटुट साथ, माया र विश्वासकै कारण कम्पनीले १८ वर्षे यात्रा सफल, सुदृढ र सार्थक बनेको छ । यस्तै, मन्जुश्रीले आउँदा दिनमा पनि ग्राहकको विश्वासलाई कायम राख्न, सेवालाई निरन्तर रुपमा नविनतम बनाउने तथा ग्राहकवर्गको वित्तीय आवश्यकताहरू पूरा गर्न अझ बढी समर्पित रहने प्रतिबद्धता जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit