काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो घरायसी उपकरण श्रेणी अन्तर्गत देशको पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त एयर फ्रायर सार्वजनिक गरेको छ ।
आधुनिक नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले बजारमा ल्याएको (सीजी मेरिडिया स्मार्ट एयर फ्रायर) मोडेलले नेपालीको भान्सालाई नयाँ युगमा प्रवेश गराएको सीजीको दाबी छ ।
१८०० वाटको पावर र ८ लिटर क्षमतायुक्त यो एयर फ्रायर नेपालमै पहिलो पटक एआई र इन्टरनेट प्रविधिको संयोजनमा तयार गरिएको हो । यसमा जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूले पकाइ प्रक्रिया सुरु हुनुअघि नै खानाको प्रकार र तौल पत्ता लगाउँछन् । प्रणालीले त्यस सूचनाको विश्लेषण गरी तापक्रम र पकाइ समय स्वतः समायोजन गर्छ, जसका कारण हरेक पटक उत्कृष्ट र सटीक परिणाम सुनिश्चित हुन्छ ।
यस उपकरणलाई सीजी स्मार्ट होम एप मार्फत स्मार्टफोनबाट नै नियन्त्रण गर्न सकिने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले मोबाइलबाट नै तापक्रम र समय सेट गर्न सक्छन । जसले प्रयोगलाई झन् सहज र आधुनिक बनाएको कम्पनीले जनाएको छ ।
यस उपकरणमा २५ वटा स्वचालित मेनु सहितको स्मार्ट एआई कुकिङ प्रणाली, समान्य रूपमा कुरकुरे र स्वादिष्ट परिणाम दिने पानी र तेल स्प्रे फङसन, ठूलो परिवारका लागि उपयुक्त ८ लिटरको नन स्टिक बास्केट र बहुउपयोगी पकाइ विकल्पहरू ( फ्राइ, ग्रिल, रोस्ट र बेक गर्ने) सुविधा समावेश गरिएको छ ।
यसका अतिरिक्त, ८० डिग्री सेल्सीयस देखि २०० डिग्री सेल्सीयस सम्मको तापक्रम नियन्त्रण, तेल बिना नै कुरकुरे स्वाद दिने प्रविधि र पकाइको अवस्थालाई सहजै नियाल्न सकिने प्रविधि पनि यसमा उपलब्ध छन् । कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन् ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजीले सदैव प्रविधि, नवीनता र गुणस्तरलाई प्राथमिकता दिँदै आएको छ । बजारको आवश्यकता र उपभोक्ताको सुविधा अनुसार, सीजीले नेपाली उपभोक्तालाई अत्याधुनिक र स्मार्ट कुकिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यस उत्पादनले ‘कुक स्मार्ट, इट हेल्दी’ को अवधारणालाई व्यवहारमा उतार्ने दाबी पनि कम्पनीको छ ।

















प्रतिक्रिया दिनुहोस्