Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अब १० लाख डलरमा अमेरिकी नागरिकता पाइने, ग्रीन कार्डभन्दा बढी सुविधा रहेको ट्रम्पको दाबी

अब १० लाख डलरमा अमेरिकी नागरिकता पाइने, ग्रीन कार्डभन्दा बढी सुविधा रहेको ट्रम्पको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ योजनाको औपचारिक सुरुआत गरेका छन् । ट्रम्पको यस योजनाअन्तर्गत कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशीहले अमेरिकी भिसा प्राप्त गर्न सक्नेछन् ।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइटहाउसमा ट्रम्पले बुधबार सुरु गरेको नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रमले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ। ट्रम्पका अनुसार यो गोल्ड कार्ड मार्फत ठूलो शुल्क तिर्ने विदेशी नागरिकलाई छिटो भिसा दिलाउने व्यवस्था मिलाइएको छ। ट्रम्पले भने, ‘हामीले अहिले मात्र ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ । करिब ३० मिनेटपछि वेबसाइट सञ्चालनमा आउनेछ, र यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जानेछ ।’ उनका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ ।

उनले विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने अवस्थालाई रोक्न यो कार्यक्रम उपयोगी हुने दाबी गर्दै भने, ‘कम्पनीहरूले यो कार्ड खरिद गरेर विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिलाई अमेरिकामै राख्न सक्नेछन्। भारत, चीन, फ्रान्स वा अन्य देशमा फर्किनुपर्ने विद्यार्थीहरू अब अमेरिकामा बस्न सक्नेछन् । यसका कारण कम्पनीहरू पनि अत्यन्तै सन्तुष्ट हुनेछन्’ उनले थप भनेका छन्, ‘टिम कूकजस्ता उद्योगीका नेताहरूले यो समस्याबारे धेरै बोलेका थिए, अब यो समस्या समाधान हुनेछ ।’

यस्तै उनले यस कार्यक्रममार्फत अमेरिकाको राजस्वमा अर्बौं डलर संकलन हुने बताए । ट्रम्पले फेब्रुअरीमै यो कार्यक्रमको अवधारणा सार्वजनिक गरेका थिए र सेप्टेम्बरमा उनले यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए। नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकले १० लाख अमेरिकी डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रियामा लैजान सक्नेछन् ।

जबकि अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन्। फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख अमेरिकी डलर राख्ने प्रारम्भिक प्रस्ताव गरेका थिए। जसले ग्रीन कार्डका सबै सुविधा मात्र होइन, अमेरिकी नागरिकता प्राप्त गर्ने मार्ग पनि खोलिदिने उनले बताएका थिए । ट्रम्पका अनुसार धनी व्यक्तिहरू यो कार्ड खरिद गरेर अमेरिका आउन आकर्षित हुनेछन् । एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit