Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बक्स अफिसमा ‘रोल नम्बर १’ र ‘कुम्भ’ पछि परे, ‘लालीबजार’ सवा नौ करोड आर्जन गर्दै अगाडि

बक्स अफिसमा ‘रोल नम्बर १’ र ‘कुम्भ’ पछि परे, ‘लालीबजार’ सवा नौ करोड आर्जन गर्दै अगाडि
विज्ञापन
Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यसवर्ष हालसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा बढी कमाइ चलचित्र ‘लालीबजार’ ले गरेको गरेको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चलचित्र ‘लालीबजार’ ले नेपालमा नौ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ कमाइ गरेको छ। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लालीबजार’ को सोही अवधिमा तीन लाख १५ हजार ७१४ टिकट बिक्री भएका छन् ।

गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा २०८३ सालमा प्रदर्शन भएका सबै चलचित्रको तुलनामा आफूलाई निकै अगाडि उभ्याउन सफल भएको छ । उक्त चलचित्रमा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले एक करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ कमाइ गरेको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल ५७ हजार १३२ टिकट बिक्री भएका छन्। उक्त चलचित्रमा मुकुन भुसाल, शुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत जेठ १५ नै प्रदर्शन भएको चलचित्र ‘कुम्भ’ यसवर्ष अहिलेसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा कम व्यापार गर्नेमा परेको छ। उक्त चलचित्रले आइतबार बेलुकीसम्म चार लाख २५ हजार ८८५ रुपैयाँ कमाइ गरेको छ। रणधीर श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल एक हजार ८१५ टिकट बिक्री भएका छन् । चलचित्र ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङकअनुसार यसवर्ष प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ। चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सूचनामार्फत आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit