images
images
images
images

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’

images
images
images

फिक्कल (इलाम) । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ। इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए ।

रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो। पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावकहरु इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दोडनेछन् ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन्। प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।

त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेले पाँच हजार रुपैयाँ पाउने छन् । ‘जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, क्लबका कार्यक्रम निर्देशक रिमालले भने, ‘कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पु¥याउने विश्वास लिएका छौँ ।’ लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेटवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिए ।

म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले मार्ग अन्तर्गतको सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । ‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ । यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ’ उनले भने ।

सन्दकपुर गाउँपालिका–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ। सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चार वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरु देख्न सकिन्छ। यसअघि रेडपाण्डा दिवसको अवसमा भदौ ५ गते प्रतियोगिता तय गरिए पनि अन्तिम सयमा वर्सातका कारण स्थगित भएको थियो । रासस

images
images

प्रतिक्रिया दिनुहोस्