Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य एकैदिन ३५ सयले वृद्धि, चाँदी हालसम्मकै महँगो

सुनको मूल्य एकैदिन ३५ सयले वृद्धि, चाँदी हालसम्मकै महँगो
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको भाउ एकैदिन ३ हजार ५०० रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार एकैदिन ३५ सय रुपैयाँले बढेको सुन यसअघिको उच्च मूल्य नजिक पुगेको छ । गत असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ बढेर ३ हजार ९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार त्यति नै परिमाणको चाँदी ३ हजार ८ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो। निरन्तर मूल्य वृद्धि भएसँगै चाँदीको भाउले केही दिनयता उच्च मूल्यको नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit