काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ले यस वर्ष युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको थियो । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस०५ लाई नविनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रुपमा आफूलाई उभ्याएको कम्पनीले जनाएको छ ।
नेपालमा लक्जरी, स्टाइल र टेकमा उत्कृष्ट मानिएको यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । ५ स्टार युरो एनक्याप रेटिंगले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।















प्रतिक्रिया दिनुहोस्