Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क, धनाढ्यको सूचीमा उनको एकल राज

६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क, धनाढ्यको सूचीमा उनको एकल राज
विज्ञापन
Advertisement

एजेन्सी । पटकपटक विश्वका धनाढ्य अर्बपति व्यक्तिहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएका अमेरिकी व्यापारी इलोन मस्कको सम्पत्ति ६०० अर्ब डलरभन्दा बढी पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

मक्सले विश्वमा ६७७ अर्ब डलर (बिलियन) भन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेर नयाँ कीर्तिमानी बनाएका छन् । फोर्ब्सका अनुसार सोमबार मक्सको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको छ। योसँगै उनी इतिहासकै धेरै सम्पति हुने पहिलो व्यक्ति बनेका छन् । विश्वमा हालसम्म कसैले पनि ५०० अर्ब डलर सम्पतिको आँकडा पार गर्न सकेका थिएनन् ।

गत अक्टोबरमा मात्रै मक्सले ५०० अर्ब डलरको आँकडा पार गर्ने पहिलो धनि व्यक्ति बनेर कीर्तिमान कायम गरेका थिए । मक्स आफ्नै यसअघिको कीर्तिमानलाइ तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएका हुन् ।

मक्सको सम्पत्तिमा तीव्र वृद्धि आउनुको मुख्य कारण उनको अन्तरिक्ष कम्पनी स्पेसएक्स भएको रोयटर्सले जनाएको छ। स्पेसएक्सको मूल्यांकन अहिले ८०० अर्ब डलर पुगेको छ। जसमा मस्कको करिब ४२ प्रतिशत हिस्सेदारी छ । करिब ३३६ अर्ब डलर बराबर रहेको हिस्सेदारीबाट मूल्यांकनपछि भएको सम्पत्ति वृद्धिले मात्रै मस्कको कुल सम्पत्तिमा १६८ अर्ब डलर थपिएको हो। स्पेसएक्सले मस्कको सम्पत्ति ६०० अर्ब डलरको आँकडा पार गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको फोब्र्सले जनाएको छ ।

स्पेसएक्सले सन् २०२६ मा आईपीओ ल्याउने योजना बनाइरहेको समेत बताइएको छ । यसबाहेक, मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाले पनि उनको सम्पत्ति बढाउन भूमिका खेलेको छ। कार बिक्रीमा केही गिरावट आए पनि टेस्लाको शेयर यो वर्ष अहिलेसम्म १३ प्रतिशतले बढेको छ। टेस्लाको करिब १२ प्रतिशत हिस्सेदारी मस्कसँग छ जसको मूल्य फोर्ब्सले १९७ अर्ब डलर रहेको अनुमान गरेको छ।

मस्कको बढ्दो व्यापारिक साम्राज्यको अर्को हिस्सा एक्सएआई होल्डिङ्स हो। आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई पनि हाल चर्चामा छ। यो कम्पनीमा मस्कको ५३ प्रतिशत हिस्सेदारी छ, जसको मूल्य हाल करिब ६० अर्ब डलर रहेको फोर्ब्सको अनुमान छ। यस्तै, कम्पनीले १५ अर्ब डलरको नयाँ फन्ड जुटाउने तयारीमा रहेको रिपोर्टहरु आएका छन् । यसबाट मस्कको व्यावसायिक साम्राज्यलाई थप विस्तार गर्ने बताइएको छ।

विगत पाँच वर्षमा मस्कको सम्पत्ति वृद्धि असाधारण रूपमा तीव्र हुँदै गर्दा मस्कको सम्पत्ति अब ७०० अर्ब डलर नजिक पुगेको छ । धनाढ्यको सूचीमा मस्कको एकल राजले उनको सम्पत्ति कति छिटो र कति धेरै बढेको छ भन्नेतर्फ विश्वको ध्यान तानिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit