काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दा केही पदहरूमा निर्विरोध चयन भएका छन् भने अन्य पदहरूमा प्रतिस्पर्धा कायमै रहेको छ ।
हालसम्म एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, वस्तुगततर्फ सदस्य पदमा ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ पनि बिना प्रतिस्पर्धा चयन भएका छन् ।
नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठ उग्रचण्डी ग्यास उद्योग प्रालिका अध्यक्षका रूपमा परिचित छन् । सदस्यमा चयन भएका बज्राचार्य नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष हुन् भने सदिश श्रेष्ठ विभिन्न व्यावसायिक संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
यसैबीच, एसोसिएटतर्फ कार्यकारिणी सदस्य पदका लागि भने प्रतिस्पर्धा देखिएको छ । उक्त समूहबाट प्रदीपमान प्रधान, उध्म शर्मा ढकाल र नवीन्द्र देव सिंले उम्मेदवारी दिएका छन् । दुई पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ, यद्यपि यसलाई पनि सहमतिमै टुंग्याउने प्रयास भइरहेको बताइएको छ ।
महासंघको साधारणसभा तथा निर्वाचन यही महिनाको २४ गते हुने कार्यक्रम तय गरिएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्