Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेप्सेमा दोहोरो अंकको सुधार, तीन अर्ब २९ करोड रुपैयाँको कारोबार

नेप्सेमा दोहोरो अंकको सुधार, तीन अर्ब २९ करोड रुपैयाँको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १९ करोड ८२ लाख ४५ हजार २५ रुपैयाँ बराबरको चार लाख ९४ हजार १८४ कित्ता शेयर किनबेच भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit