काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्षतर्फको पाँच सिटमा केपी शर्मा ओली पक्षकै चारजना विजयी हुँदा पोखरेल पक्षबाट विष्ट विजयी भएका हुन् । ओली पक्षबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त विजयी भएका छन्। उनीहरु मध्ये पृथ्वीसुब्बा गुरुङले सबैभन्दा धेरै मत पाएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएर जित निकाले ।एमाले उपमहासचिवमा अध्यक्ष ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ विजयी हुँदा विष्णुप्रसाद रिमाल पराजित भए । उनले १०९१ मत पाएका छन् । भट्टले १४५२ र महासेठले १३६८ प्राप्त गर्दा भट्टराईले भने १३४८ मत ल्याएका छन् । निर्वाचित भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।
यस्तै, प्रतिष्पर्धीहरु आनन्दप्रसाद पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत ल्याएर पराजित भए । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्