काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले कर्मचारीहरुका साथै बैंकका ग्राहकहरूलाई लक्षित गरी ‘टप अप गरौं बोनस पाऔं’अभियान सञ्चालन गरेको छ ।
बैंकले एफ् वान सफ्टसँगको सहकार्यमा ब्रान्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि पुष महिनाभरि लागु हुनेगरी ‘टप अप गरौं बोनस पाऔं ’ अभियान सञ्चालन गरेको जनाएको छ । सो अभियान अवधिभर २०० रुपैयाँ वा सो भन्दा माथिको रकम बैंकको मोवाइल बैंकिङ एप मार्फत रिचार्ज गर्ने ८० जनालाई १०० रुपैयाँका दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ । त्यसको घोषणा भने अभियान सकिएपछि गरिने उल्लेख छ ।
यस अभियानले बैंकको डिजिटल बैंकिङ प्रयोगमा अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास बैंकले लिएको छ ।
हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको छ । हाल नेपाल बैंकका करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिइराखेको प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलले जानकारी दिइन् ।















प्रतिक्रिया दिनुहोस्