काठमाडौं । कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनल सँग सम्झौता गरेको छ ।
यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशिलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकासमा काम गर्नेछन् ।
वित्तीय समावेशीकरणसँगै स्थानीय उद्यम सुदृढिकरण तथा प्रवद्र्धनमा कुमारी बैंकको प्रतिवद्धतालाई कार्यान्वयन गर्दै उक्त सहकार्यमार्फत लक्षित समूहको वित्तीय अवस्था सुधार गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
बैंकका दिगो बंैकिङ विभागका प्रमुख अर्पण पौडेलले ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।’
विगत २४ वर्ष देखि निरन्तर कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्