Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि.बीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रा. लि.ले उत्पादन गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित (प्लेट, कचौरा, थाल, चम्चा) लगायतका घरायसी सामान खरिद गर्दा २० प्रतिशत सम्म छुट हुने छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सामान खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा असोज २७ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका छन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit