Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एडिबी अन्तर्गत हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा टेन्डरको तयारी

एडिबी अन्तर्गत हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा टेन्डरको तयारी
विज्ञापन
Advertisement

 काठमाडाैं। एसियाली विकास बैंक (एडिबी) अन्तर्गतको सडक आयोजना निर्देशनालयले फागुनको दोस्रो साताभित्र नारायणगढबाट हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा टेन्डरको तयारी गरेको छ । निर्देशनालयले यसक्षेत्रमा नयाँ घर टहरा नबनाउन र सडक विस्तार क्रममा रहेका पुराना घर टहरा परे आवश्यक क्षतिपूर्ति दिने तयारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यी दुवै क्षेत्रमा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने तयारी छ । ठेक्काका लागि नारायणगढ–हेटौँडा सडक खण्डको डिजाइन अन्तिम चरणमा रहेको र वन तथा वातावरणमा मन्त्रालयमा छलफलक्रममा रहेको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए)मा टुंगो लागेपछि टेन्डरको काम अघि बढ्ने र यसका लागि दुई साताभित्र छलफल गरेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइने छ ।

डिजाइन स्वीकृतिका लागि बुधबार सडक विभागसँग छलफल हुँदैछ । डिजाइन स्वीकृत भए बढीमा फागुन दोस्रो साताभित्र ठेक्का आह्वान हुनेछ ।

आयोजना कार्यालयले सडक स्तरोन्नति गर्ने खण्डमा नयाँ संरचना नबनाउन सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । मंसिर १९ गते यसबारे सूचना प्रकाशित भएको हो ।

बस्ती र बसोबास भएको स्थानमा चार लेनको सडक, एक–एक लेन सर्भिस लेन, सहरी क्षेत्रमा थप दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ र सवारीसाधन ओहोरदोहर गर्ने छुट्टाछुट्टै पुल बनाइने गरी टेन्डर हुन लागेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit