Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट
विज्ञापन
Advertisement

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने पुनर्जागरण अभियान सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न नसकेका बीमितलाई लक्षित गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार पुनर्जागरण अभियान पौष ६ गतेदेखि पौष २८ गतेसम्म लागू हुनेछ। अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटकका लागि मात्र विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुटको सुविधा उपलब्ध गराइनेछ।

यद्यपि, ब्याज छुटको सुविधा लिएपछि ६ महिनाभित्र बीमालेख समर्पण गर्न चाहने बीमितले छुट पाएको सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, बीमालेख परिपक्व हुन १ वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका बीमालेखमा भने ब्याज छुट लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।

सामान्य अवस्थामा बीमालेख व्यतीत हुँदा बीमितले बीमा सुरक्षा गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क समेत तिर्नुपर्ने हुन्छ। तर, पुनर्जागरण अभियानअन्तर्गत विलम्ब शुल्कमा छुटको सुविधा लिई व्यतीत बीमालेख नवीकरण गर्न सकिने भएकाले यस अवसरको लाभ लिन कम्पनीले बीमितहरूलाई आग्रह गरेको छ।

कम्पनीले प्रत्येक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित तथा उनीहरूमा आश्रित परिवारको आर्थिक सुरक्षा सबल र सुदृढ बनाउने उद्देश्यका साथ जीवन बीमालाई अनिवार्य मान्दै आएको जनाएको छ।

यस योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका देशभर रहेका १६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानी माध्यममार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit