काठमाडौं। सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारिया सौन्दर्य प्रतियोगिता ’द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ। यससम्बन्धी औपचारिक घोषणा जेठ ७ गते (बिहीबार) ललितपुरको पुल्चोकस्थित ’द प्लाजा’ मा गरिएको हो ।
यो साझेदारी केवल प्रायोजनमा मात्र सीमित नभई नेपालीहरूको आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने तथा नयाँ पुस्तालाई सशक्त बनाउने कजारियाको प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। यस सहकार्यमार्फत देशभरका उपभोक्ताहरूसँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्दै आफ्नो ब्रान्ड छविलाई अझ बलियो बनाउने कजारियाको लक्ष्य छ।
कजारियाका प्रवक्ताले ‘मिस नेपाल २०२६’ जस्तो आधुनिक नेपालको भावना, आत्मविश्वास र उत्कृष्टता झल्काउने मञ्चसँग जोडिन पाउँदा गर्व व्यक्त गर्दै यसले कजारियालाई आकांक्षा र समकालीन जीवनशैलीको पर्याय ब्रान्डका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।
उन्नत प्रविधिसहित देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको कजारिया विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एक हो । हाल नेपालभर १०० भन्दा बढी शोरूमहरूको नेटवर्क रहेको कजारियाले ३,००० भन्दा बढी आधुनिक, बलियो र आकर्षक डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया दिनुहोस्