Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आफैं बैंक खाता खोल्न सक्ने सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आफैं बैंक खाता खोल्न सक्ने सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी ग्राहक आफैंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य सहित बैंकले किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको जनाएको छ । अब ग्राहकहरुले बैंकको काठमाडौं कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् ।

खाता खोल्दा ग्राहकले सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फत उपलब्ध गराएपछि बैंकले आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराउँदछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध गराएको छ ।

यसअघि, बैंकले सोही शाखा मार्फत क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराएको थियो । यस्तै, बैंकले आगामी दिनमा समेत ग्राहकमैत्री बैंकिङ सेवा थप गरी विस्तार गर्दै जाने योजना रहेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit