Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘हिमनदीको संरक्षणमा अन्तर्राष्ट्रिय अभियानको हिस्सा हुनुपर्छ’

‘हिमनदीको संरक्षणमा अन्तर्राष्ट्रिय अभियानको हिस्सा हुनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं ।  विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘पानीको लागि हिँड्नुहोस्, जीवनको लागि हिँड्नुहोस्’ भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरु भएको ५ कि.मि लामो यो वाकाथन दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतलीसडक, हात्तीसार हुँदै पुनः नारायणचौरमै पुगेर सम्पन्न भएको हो।

विश्व पानी दिवसको अवसरमा पानीको महत्व, संरक्षण, स्रोतको स्वच्छतालगायतका विषयमा जनचेतना फैलाई सबैका लागि पानी र सरसफाई सुनिश्चित गर्न हेतु आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने गरी सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही अवसरमा बैंकले पनि वाकाथनको आयोजना गरेको जनाएको छ ।

सिद्धार्थ बैंकले उक्त वाकाथनमार्फत वातावरण संरक्षण, स्वच्छ पानीको दिगो व्यवस्थापन र जलस्रोतको संवद्र्धनका विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ। बैंकले हरित वित्त, डिजिटल बैंकिङ, सामाजिक उत्तरदायित्व र पारदर्शी कारोबारमार्फत दिगो विकास लक्ष्यहरू हासिल गर्ने दिशामा काम गर्दै आएको उल्लेख गरेको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालको हिमनदीहरू पग्लँदै जानु गम्भीर पर्यावरणीय संकट भएको बताउँदै यसको संरक्षण अब राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय अभियानको हिस्सा हुनुपर्ने धारणा व्यक्त गरे। उनले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिदा प्राकृतिक पानी चक्र नै विघटनमा जान सक्ने खतरा रहेको भन्दै स्वच्छ पानीको संकट रोक्न आजैदेखि चेतनाको आवश्यकता रहेको बताए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलसहित बैंकका कर्मचारी, सरोकारवाला, वातावरणविद्, विद्यार्थी लगायत ६५६ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३९५ जना पुरुष र २६१ जना महिला थिए।

संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्षको मूल एजेण्डा “हिमनदी संरक्षण” रहेको छ, जसअन्तर्गत सिद्धार्थ बैंकले जिम्मेवार बैंकिङ अभ्यासमार्फत पानीको संरक्षणलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit