Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

टीभीएस ‘एक्सचेन्ज मेनिया’:  पुराना बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

टीभीएस ‘एक्सचेन्ज मेनिया’:  पुराना बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘टीभीएस एक्सचेन्ज मेनिया’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। नयाँ वर्षको सुरुवातसँगै पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

‘एक्सचेन्ज मेनिया’ काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गरी साट्ने व्यवस्था मिलाएको छ।

कम्पनीका अनुसार, ग्राहकहरूले पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन, तथा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्याङ्कन पाउनेछन्। साथै, विशेष मोडलहरूमा ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ।

कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, साथै निःशुल्क हेल्मेट, ब्याग, बाइक कभरजस्ता एक्सेसरिज पनि प्राप्त गर्न सक्नेछन्।

टीभीएसले आफ्ना सवारीसाधनहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था पनि गरेको छ, जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit