Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बालेन शाह रास्वपामा समाहित,सभापतिमा लामिछाने र प्रधानमन्त्रीमा बालेन शाह बन्ने सहमति

बालेन शाह रास्वपामा समाहित,सभापतिमा लामिछाने र प्रधानमन्त्रीमा बालेन शाह बन्ने सहमति
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच बृहत् राजनीतिक एकतासम्बन्धी सातबुँदे सहमति भएको छ। सहमतिसँगै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले अघि सारेको आन्दोलनलाई संस्थागत गर्दै वैकल्पिक राजनीतिको साझा मार्गचित्र अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
सहमति अनुसार आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गरिनेछ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने लक्ष्यसहित इमानदार कार्यान्वयनमा दुवै पक्ष समर्पित रहने उल्लेख छ।
एकतापछि कायम हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित रहने र चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने सहमतिमा उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।
संगठनात्मक नेतृत्वबारे सहमतिअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।

विज्ञापन
Advertisement
Advertisement

बृहत् एकतापछि पार्टी संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिनेछ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमतिमा उल्लेख गरिएको छ।
आसन्न आमनिर्वाचन लगत्तै यस सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने निर्णय पनि सहमतिमा समेटिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit