काठमाडौं । म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट काठमाडौं भ्यालीमा ‘जेडब्लु म्यारियट’ होटल व्यवस्थापनका विभिन्न सम्झौताका लागि हालै नेपाल आएका छन् ।
आफ्नो भ्रमणका क्रममा उनले डाउन सिन्ड्रोम सोसाईटीका बालबालिकासँग आत्मीय भेटघाट गर्नुका साथै काठमाडौं म्यारियट होटलमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानको सम्मान गरेका छन्।

९८ वर्षे इतिहास बोकेको म्यारियटका तेस्रो बोर्ड अध्यक्ष डेभिडले हाल विश्वभर ९,९०० भन्दा बढी होटलहरूको नेटवर्क सम्हालिरहेका छन्। उनको यस भ्रमणमा एशिया प्यासिफिकका अध्यक्ष राजीव मेनन सहित म्यारियटको वरिष्ठ नेतृत्व टोली पनि सहभागी छ।

प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा नयाँ जेडब्लु म्यारियट परियोजनाले देशलाई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। सन् २०१७ मा स्थापना भई २०१९ देखि सञ्चालनमा आएको काठमाडौं म्यारियटले नेपाली संस्कृति, समुदाय र स्थानीय जनशक्तिसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ।

















प्रतिक्रिया दिनुहोस्